Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कांग्रेसको त्रियगा ७ र ८ मा वडा कार्यालय उद्घाटन (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १९ २०७८
कांग्रेसको त्रियगा ७ र ८ मा वडा कार्यालय उद्घाटन (फोटो फिचर सहित)

उपाहार न्यूज
उदयपुर कात्तिक १९
नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ७ र ८ नम्बर वडा कार्यालयल उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका वडा नम्बर ७ ले चुहाडे चोक र ८ ले झोरामा वडा कार्यालय स्थापना गरेको हो । पार्टीको संगठनलाई गतिशिल बनाउनका लागि वडा नम्बर ७ ले चुहाडेमा वडा कार्यालय स्थापना गरिएको नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा सभापती उद्धब काफ्लेले जानकारी दिनु भयो । वडा कार्यालयको उद्घाटन एक समारोहका विच प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री तथा कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती हिमाल कार्कीले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन समारोहमा प्रदेश सभा सदस्य संजा दनुवार, त्रियुगा नगरपालिका उपप्रमुख देवी चौधरी, संविधान सभा सदस्य शान्तिदेवी चौधरी, कांग्रेसका युवा नेता सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का लगायतका नेताहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडा सभापती, वडाअध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नव नियुक्त भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीलाई स्थानिय नागरिकहरुले फुल, माला र अबिर सहित स्वागत तथा सम्मान गरेका थिए । त्रियुगा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय संचालनको लागि निर्माण व्यवसायी तथा कांग्रेस नेता केशर बुढाथोकीले ३६ हजार रुपैया आर्थिक सहयोग समेत गरेका थिए ।
यता त्रियुगा नगरपालिका वडा नम्बर ८ ले पनि झोरा चोकमा वडा कार्यालय स्थापना गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले वडा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियार, पार्टी सभापती विदुर बस्नेत, पूर्व पार्टी सभापती तथा प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, सह सभापती बसन्त बस्नेत, कांग्रेस त्रियुगा नगरका पूर्व सभापती सरोजकुमार बस्ने, त्रियुगा नगर सभापती प्रकासकुमार खड्का, त्रियुगा नगरपालिका उपप्रमुख देवी चौधरी लगायतका जिल्ला स्थित नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । त्रियुगा नगरपालिका वडा नम्बर ८ उदयपुरमा नेपाली कांग्रेसको सबै भन्दा धेरै क्रियाशिल सदस्यहरु रहेको वडा समेत हो । दिपावली तथा छठ पर्वको अबसरमा सास्कृतिक पर्वले पार्टी भित्र भावनात्मक एकताको विकास गरोस भन्ने उद्देश्यका साथ वडा कार्यालय दिपावलीको अबसरमा उद्घटान गरिएको वडा सभापती लिल बहादुर बस्नेतले जानकारी दिए ।

Last updated:2021 Nov 05 Friday 11:54:21

प्रतिक्रिया
सम्बन्धित समाचार