उदयपुर – २०७५ साउन १४ गते स्थापित सहारा नेपालको गाईघाटस्थित अनुगमन कार्यालय चौथो वर्षमा प्रवेश गरेको छ । २०७० सालमा उदयपुरमा बिस्तार भएको सहारा नेपालको हाल उदयपुरका ५ वटा र सुनसरिका ६ वटा सेवा केन्द्रको प्रसासनिक र अनुगमन केन्द्रको रुपमा रहेको यश अनुगमन कार्यालय गाईघाट अन्तर्गत ११ वटा सेवा केन्द्रमा २ जना पशु प्राबिधिक सहित कुल ५७ जना कर्मचारी कार्यरत छन् ।
उदयपुरमा रामपुर, बेलटार, गाईघाट, नेपालटार र कटारि गरि ५ वटा र सुनसरिमा धरान, तरहरा, झुम्का, चक्रघटटि, ईनरुवा र लौकहि गरि ६ वटा सेवा केन्द्रहरु यश अनुगमन कार्यालय अन्तर्गत रहेका छन । अनुगमन प्रमुख महेश तामाङको अध्यक्षतामा सम्पन्न चौथो बर्स प्रबेश विशेष कार्यक्रममा अनुगमन अधिकृत रतन तिम्सिना,व्इब् जिल्ला अधिकृत प्रदिप पुरी,उदयपुरका सेवा केन्द्रका प्रमुखहरु बिदुर रेग्मी,भजनलाल चौधरि,सुजन कार्कि,दशरथ राजबंशि लगायत १ दर्जन कर्मचारि साथिहरु सहभागी हुनुभएको थियो ।
एउटा सहकारि संस्था भएको नाताले मुख्यतया ऋण बचत बिमा र रेमिटान्स कारोबारलाई प्रमुख सेवाको रुपमा अवलम्बन गरेको सहाराले सामाजिक क्षेत्रमा पनि उतिकै योगदान पुर्याउदै आएको छ । सदस्यको समृद्धि हाम्रो चाहना भन्ने मुल नाराका साथ अघि बढिरहेको सहाराले आफुले आर्जन गरेको मुनाफाको केही हिस्सा समाजसेवामा र शेयर सदस्यको सामुहिक हितमा लगानि गर्ने गरेको छ ।
पालिका हरुसगको सहकार्यमा जेष्ठ नागरिक चौतारि निर्माण,टनेल भिलेज,कम लागतका मोडेल भिलेज, स्वस्थ मासु अभियान लगायत उद्यमशिलता बिकास,बित्तिय साक्षरता,सरसफाई लाई अभियानको रुपमा संचालन गरिरहेको छ ।पुजि सगै प्रबिधि भन्ने अभियान अन्तर्गत ब्यावसायिक कृषि र पसुपालन क्षेत्रमा किसान हरुलाई धितो वा बिना धितोमा सरल ब्याजको कर्जा नीति ल्याईएको छ ।उदयपुर र सुनसरिमा खासगरि बाख्रापालनको सम्भावना देखिएकोले पशु प्राबिधिक हरुको दरबन्दि सृजना गरि लगानि अघि पछि आवस्यक प्राबिधिक सेवा र परामर्स प्रदान गरिएको छ ।
झापामा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारि संस्थाले यश बर्सको कोभिड १९ दोश्रो भेरियेन्ट मा पनि गत बर्स झै विभिन्न सामाजिक गतिबिधि हरु संचालन गरेको छ ।गत बर्स पालिका हरुलाई राहत बितरण,क्वारेन्टाइन खाद्यान्न सहयोग,माक्स सेनिटाईजर बितरण र शेयर सदस्य सापटि अभियान संचालन गरेको सहारा नेपालले आफनो अगुवाईमा ३ दर्जन बढि सामाजिक संस्था हरुलाई गोलबन्द गरि एकका लागि एक अभियान संचालन गरेको थियो जुन अभियानले मोबाईल टोलि मार्फत चुल्हो नबल्ने,अलपत्र परेका नागरिकहरुलाई निसुल्क खाना बितरण ,क्वारेन्टाईनमा खाद्यान्न सहयोग र पि सि आर ल्याब संचालनमा फोकस गरेको थियो जसको परिणाम स्वरुप आज झापाको कोटिहोममा कन्काई पि सि आर ल्याब सफलता पुर्वक संचालनमा आईरहेको छ ।
सहारा नेपालले कोभिड संक्रमित शेयर सदस्य तथा परिवारलाई निसुल्क पोसण सामग्रि प्याकेज बितरण गरिरहेछ।यो पोसण बितरण अभियानले सहारा नेपाल कोभिड संक्रमित हरुको दुखमा सहारा बनेको कुरा जनमानसमा सन्देस फैलिएको छ ।आफना शेयर सदस्य र परिवार कोभिड पोजेटिभ भएमा कर्मचारिहरु घरैमा पुगि प्रति बिरामि रु ३००० बराबरको पौस्टिक आहार,मह,काजु,किसमिस,फलफुल ,भिटामिन तथा औसधिहरु निसुल्क बितरण गर्ने गरिएको छ ।
कोभिड १९ दोश्रो भेरियेन्ट द्वारा सृजित निसेधाज्ञामा कृषि क्षेत्रमा आश्रित सदस्यहरुलाई पोसण युक्त तरकारि आफै उत्पादन गरि स्वस्थ बन्न,कृषि पेसामा ब्यस्त भई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बन्न,सीप सिकि ब्यावसायिक बन्दै थप आय आर्जन गर्न सक्षम बनाउने उद्येस्यका साथ उदयपुरमा ५० थान टनेल बितरण गरिएको थियो । लकडाउनको समयमा पनि जुम एप्स मार्फत भर्चुअल विधि बाट ,कृषि क्रान्ति फेसबुक पेज र टेलिफोन मार्फत कृषक हरुलाई तालिम सगै सीप तथा परामर्स प्रदान गर्ने गरिएको छ जसको लागि केन्द्रीय कार्यालयमा कृषि र पशुका बिज्ञहरु सम्मिलित बनचय दगकष्लभकक गलष्त स्थापना गरि क्षेत्रगत रुपमा प्राबिधिकहरु परिचालन गरि गाउगाउमा कृसकहरुलाई घरदैलो तथा परामर्स सेवा प्रवाह गरिएको छ ।
सहारा नेपालका कार्यकारि प्रमुख महेन्द्र कुमार गिरिको अगुवाईमा ३ दर्जन भन्दा बढि सामाजिक संस्थाहरुको संलग्नता रहेको एकका लागि एक अभियानले गत बर्स कन्काईमा पि सि आर ल्याब संचालनमा ल्याएको थियो भने यश बर्स अक्सिजन बैक स्थापना गर्ने लक्ष्य लिएकोमा हाल ११५० भन्दा बढि अक्सिजन सिलिण्डर खरिद गर्न सफल भएको छ एकका लागि एक अभियान । अभियानको अक्सिजन बैकको सचिबालय र अक्सिजन स्टक समेत सहारा नेपालको केन्द्रीय कार्यालय मा नै ब्यवस्थापन गरिएको छ ।
सहारा नेपालले यसै बर्स संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेलका नगरपालिका स्थित रामपुरमा स्थापना हुन लागेको बेलका अक्सिजन प्लान्ट निर्माण समितिलाई रु ५१००० नगद हस्तान्तरण गरेको छ । बेलका नगरपालिकाको नगर सभाको आठौ अधिबेसनको पुर्व सन्ध्यामा नगर सभा हलमा एक समारोहका बिच सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले नगर प्रमुख तथा बेलका अक्सिजन प्लान्ट निर्माण समितिका अध्यक्ष दुर्गा कुमार थापा स्वस्तिक लाई ५१०००/ को चेक हस्तान्तरण गरिएको थियो ।सहारा नेपालका अनुगमन प्रमुखले बचत तथा ऋण कारोबार गर्ने सहकारि भएर पनि यसका अलावा सामाजिक संस्था भएको नाताले भबिस्यमा पनि शेयर सदस्य तथा समुदायको समृद्धि र उद्यमसिलता तथा दिगो ब्यावसायिक बिकास को लागि स्थानिय सरकार सग हातेमालो र साझेदारि गर्दै अघि बढने संस्थागत नीति रहेको बारे स्पस्ट पार्नु भयो ।
सहारा नेपालले अघिल्लो आ ब मै घोसणा गरेको उदयपुरको चौदण्डिगडि न पा र पाचथरको कुम्मायक गा पा लाई एम्बुलेन्स बितरण कार्यक्रम कोभिडका कारण केही ढिलाई भएपनि अब औपचारिक रुपमा हस्तान्तरण हुन मात्र बाकि छ ।यश बर्स पनि संस्थाले उदयपुर र पाचथरका दुर्गम र अति आवस्यक पालिकामा एम्बुलेन्स हस्तान्तरण अभियान जारि राख्ने भएको छ ।
करिब १ लाख ५० हजार शेयर सदस्य भएको सहारा नेपाल सहकारि मध्ये सदस्यको आधारमा पहिलो र १२ अर्ब माथिको वासलात रहेको सहारा कारोबारको आधारमा देसकै दोश्रो ठुलो सहकारिको रुपमा रहेको छ, १ नम्बर प्रदेसको ११ जिल्लाको अनुमति प्राप्त सहारामा ५०० बढि कर्मचारि कार्यरत रहेका छन ।
आजैबाट यश अनुगमन कार्यालय गाईघाटका अनुगमन अधिकृत महेश तामाङ मोरङ स्थित सलकपुर अनुगमन कार्यालयमा सरुवा भई जाने भएको र गाइघाटमा बिराटनगर अनुगमन कार्यालय बाट रतन तिम्सिना आउनु भएकोले एक समारोहका बिच बिदाई तथा स्वागत कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।