
युवक राई
मुलतः राजनीतिको मुख्य निति भनेको देखिने गरि राज्यको प्रतेक तहमा बैधानिक तवरले देश र जनतालाई केन्द्रमा राखेर गरिने धेरै जनाको बृहत समाजसेवालाई राजनीति भनिन्छ। तर विडम्बना नेपालको बर्तमान राजनीतिको अर्थको अभ्यास कसरी आफू , आफ्नो पार्टी वा आफ्नो गुटलाई सत्तामा राखिरहने र राज्यको , जनताको भन्दापनि अर्को आउने चुनावमा फेरि सरकारमा पुग्न सक्ने मत कसरी ल्याउन सकिन्छ भनी आफू निकट कार्यकर्ता , व्यावसायि, हुनेखाने , केही बौद्धिक ब्यक्ति वा मिडिया साथै समाजमा नकारात्मक छबि भएकै कोहि किन नहोस् त्यस्ता प्रविधिका ब्यक्तिलाई बढी मात्रामा महत्त्वमा राखी त्यहीँ अनुरुपको मात्र भिजन बनाईएको देखिन्छ। र यस प्रकारको असामाजिक , अबैधानिक , अराजनीति, अनैतिक र गैरजिम्मेवार राजनीतिको निरन्तरताको मुल स्रोत भनेको जनताले ठिक लाई ठिक र बेठीकलाई बेठीक भन्ने सक्रिय चेतनाको कमि हो।
अझ कम्युनिस्ट पार्टीको त अहिलेको मनस्थिति कस्तो देखियो भने आफू सत्तामा आउन कुनै पनि दल वा आफ्नो विचारधारा नमिल्ने पार्टीसङ भएपनि मिलेर चुनावमा जाने र जनतामा एकप्रकारको धमिलो आशा जगाउने। केही भइ पो हाल्छ कि १ जस्ता र पछि आफू सत्तामा पुगिसकेपछि त्यही आफू सङै मिलेर आएको वा समर्थन गरेको पार्टीलाई वा समुहलाई सिमित अधिकार भित्र अदृश्य बन्दी जस्तो बनाएर राख्ने अवस्था देखियो। उदाहरणको लागि हेर्न सकिन्छ अहिलेका नेपालका कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी र नेकपा एमाले मिलेर अबको देशको मुख्य महत्त्वपुर्ण एजेन्डा भनेको देशलाई समृद्धि तर्फ तीब्र गतिमा लानुमात्र हो। र हाम्रो नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टी ९ नेकपाको ० एजेन्डानै यहीँ हो भनेर जनतामा गएका थिए । पछि पार्टी एकता नै गरे तर सत्तामा पुगिसकेपछि आफ्नै आन्तरिक पदिय असमानता र सत्ताको भागबन्डाको किचलोमा नेकपा देश र अलिअलि बिश्वास पलाउदै गरेको जनताको आशालाई लथालिङ्ग बनाएर , खुलेआम झगडारभनाभन , एक अर्काको कमजोरी देखाउन थाले र यसको फलस्वरूप नेकपाको अवसान हुन पुग्यो ।
त्यही भएर मैले माथि उल्लेख गरिसके जनतालाई नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भइ सरकारमा जादा पक्कै केही सुधारका र बिकासका र परिवर्तनका उज्यालोको उदय हुन्छ। र , देश र जनताको भबिस्य केहि हदसम्म माथी उठ्छ। पक्कै पनि यो कम्युनिस्टको सरकारलाई यो भन्दा सहज र सुनौलो अवसर कहिले थिएन। तर आफ्नै पार्टीले सरकारलाई सहयोग नगर्ने र सरकारले आफ्नै पार्टीलाई। यसैको बिउबाट धेरै विवादहरु हुर्किए। र नेपालका कम्युनिस्टले देश , जनता र स्वयम आफ्नै कार्यकर्ताको पनि धेरै बिश्वास घुमाए।
त्यही भएर अब आउने चुनावमा जनताले कम्युनिस्ट पार्टीलाई किन पत्याउने रु कम्युनिस्ट एक हुँदा निकै खुशी भएका र आफ्नो पूरा क्षमताले पार्टीलाई सहयोग गरेका कार्यकर्ताले किन अब कम्युनिस्ट पार्टीलाई सरकारमा जान सक्ने बनाउने रु यो प्रश्नको जवाफ प्रष्ट नभए सम्म कम्युनिस्टलाई जनता र उसैको कार्यकर्ताले फेरि किन पत्याउने
तर अझै पनि जनता र कार्यकर्ताले फेरि बिश्वास गर्ने एउटा विकल्प भनेको कम्युनिस्ट भित्रैको केही आशालाग्दो दोस्रो दर्जाका नेता(कार्यकर्ताहरुले आफूलाई साहसिक बनाई केही कदम चाल्न सके र बिश्व राजनीति , बिज्ञान , बिकास , प्रबिधि , अर्थको नयाँ ढंगले तार्किक एजेन्डा ल्याउन सके र यी एजेन्डा पूरा हुने सम्भावना र उपाय पनि बुझाउन सके एक पल्ट फेरि जनताले पत्याउछ्न। बिश्वका अन्य देशको बिकासको रफ्तार सङ समानान्तर भएर जान सक्ने हामी सङ धेरै सम्भावना छ। कम्युनिस्ट , काङ्ग्रेस वा कोहि ले पनि साचो अर्थमा यो आधुनिक समयमा प्रष्ट भिजनको साथ पूरा मन,कर्म र सामर्थ्यले पार्टीलाई समृद्धि मुखी बनाउने हो भने। राजनीति र राज्यको बिचमा , नेता र कुर्सीको बिचमा चुनाव हुन्छ। कुनैपनी पार्टी वा नेता चुनावी पुलबाटै पार गरेर सरकारमा जाने हो । यो शक्ति जनता सङ छ। तसर्थ जनताले पनि कस्तो ब्यक्तिलाई चुनावी पुल बाट पार गराउने अझ प्रष्ट हुनु पर्छ।