Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्नसक्छ ः उपाध्यक्ष घिमिरे

  • उपहार न्यूज
  • शनिबार, मंसिर ८ २०८१
विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्नसक्छ ः उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेका छन् । धम्म स्टडि एण्ड सर्पोट फाउण्डेसनले काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न पुगेको धारणा राखेकी हुन् ।‘विश्वको एक पवित्र भूमी मध्ये बुद्धको जन्मभूमि नेपाल रहँदै आएको तथ्य सर्व विदितै छ,’, उनले भनिन् ‘बुद्धले तय गरेका अष्ठमार्गको आधारमा हाम्रो समाजको विकासक्रम अघि बढिरहेको छ भने बुद्धले पहिल्याउनु भएको चार आर्य सत्यलाई पछ्याउन सकियो भने संसारबाट दुःख निवारण हुन्थ्यो होला। जो आज पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बनेको छ ।’
उपाध्यक्ष घिमिरेले कार्यक्रमले धर्मका वास्तविक पक्ष, यसको व्यावहारिक पक्ष, र समाजमा यसको प्रभावबारे बहस र संवाद गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्दै धर्मका माध्यमबाट प्राप्त शिक्षाले मानिसलाई आन्तरिक शान्ति मात्र नभई समाजमा शान्ति र स्थिरता कायम गर्न मार्गदर्शन गर्नमा ठूलो योगदान पु¥याउँछ भनिन्। उनले मानवजातीमा बढ्दै गएको अंहकारबाट छुटकारा दिलाउदै शान्त र सौम्य मानव समाजको दिगो आवश्यकताको मार्ग कोर्न समेत भूमिका खेल्ने धारणा राखिन् ।
भगवान बुद्धको अभिधर्म शिक्षाले सही दृष्टिकोण, सही विचार, सही कर्म, र सही आचरणलाई जीवनमा अवलम्बन गर्न प्रेरित गरेको पाइने र बौद्ध र्दशनबाट मिल्ने शिक्षालाई सही रूपमा आत्मसात गर्न सकेमा हाम्रो जीवनमा शुद्धता र समाजमा सकारात्मक परिवर्तन सम्भव भएको धारणा पनि उपाध्यक्ष घिमिरेको थियो । कार्यक्रममा अभिधर्मका प्रकाण्ड विद्वान ९८ वर्षीया आचार्य सूची र भन्ते सुमनले प्रवचन दिएका थिए ।

Last updated:2024 Nov 23 Saturday 11:12:27

प्रतिक्रिया
सम्बन्धित समाचार