Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

थारु समुदायले अखारहि पर्व मनाउदै (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, असार १ २०७८
थारु समुदायले अखारहि पर्व मनाउदै (फोटो फिचर सहित)

भास्कर चौधरी
बेल्टार असार १
आज असारको पहिलो दिन १ गते थारु समुदायमा अखारहि पर्व मनाउदै छ । थारु समुदायमा डिह्वार बाबाको ग्राम थानमा साँझको समयमा दियो बत्ति बालेर पुजा आरधना गरि यो पर्व मनाउने चलन छ ।
गाउँमा रहेको डिह्वार बाबाको ग्राम थान (राजाजी मन्दिर)मा पुजा आरधना गरि दिप प्रजवलन गरेर पर्व मनाउने चलन रहि आएको थारु अग्रजहरु बताउछन् । बर्षायाम सुरु भएसंगै प्राकृतिक जोखिम र विपदबाट अपृय घटनाहरु नघटोस् भनि असारको पहिलो दिन गाँउका सवैजनाले थानमा(मन्दिरमा) गई सामुहिक रुपमा दियो बत्ति वालेर डिह्वार बावाको पुजा आरधना परापूर्वकालदेखि नै गर्दै आएको थारु महिला समाज केन्द्रिय पुर्व अध्यक्ष सरस्वती चौधरीले बताउनुभयो ।


अखारहि पुजा नगरि खेत बारीमा गव लिने अर्थात धान रोप्ने चलन नरहेकाले यस पर्व अहिले पनि थारु समुदयमा लोकपिृय रहेको छ । बर्षासँगै विषालु किरा फट्याङ्ग्राको बिगबिगी हुने भएकाले यसबाट बच्नका लागि पुजा आरधना गरिन्छ भने महामारी रोग, खेतीपतीमा कुनै प्राकृतिक प्रकोप नहोस भनि पुजा गर्ने चलन रहेको उहाले बताउनुभयो ।


यस्तै आजकै दिन थारु समुदायमा गाहली अर्थात गाईगोठमा रहेको मुख्य मुख्य चारै कुनाको खम्वामा दुवो सहितको माटोको चक्ला राख्ने चलन पनी छ । जस्ले गाईवस्तुमा कुनै किसिमको महामारी नआओस सवै गाउँ,घर समाजमको कल्याण होस भन्ने मान्यता रहेको छ ।


अखारहि पुजा गर्दा खिर, लड्डु, आँप, कटहर जस्ता फलफुल चढाएर पुजा आरधना गर्ने गरिन्छ । पुजा आरधनासँगै दिन भरि काम गरेर थाकेका थकान मेटाउन बेलुका थानमा भेला भई थारु जातीको मौलिक संस्कृतिक वाजा बजाएर धार्मिक गित गाउने चलन छ ।
बाद्यबादनको तालमा धार्मिक गित गाउने र सामुहिक रुपमा अखारहि पुजाको प्रसाद ग्रहण गर्ने चलन रहेको अध्यक्ष चौधरीले बताउनुभएको छ । यो पर्व थारु समुदायले आ आफनो क्षमता अनुसार घरघरमा पनि असार महिनाभर मनाउने पनि गर्दछ ।

Last updated:2021 Jun 15 Tuesday 14:52:22

प्रतिक्रिया
सम्बन्धित समाचार