Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कोभिड-१९ अस्थायी अस्पताल अनुगमन

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २९ २०७८
कोभिड-१९ अस्थायी अस्पताल अनुगमन
शंकर रिखाम मगर
मुर्कुची,जेठ २९।
रौतामाइ गाउँपालिका वडा नम्वर ७, को राजावास स्थित कोभिड – १९ अस्थायी अस्पताल भवन अनुगमन गरेकोछ।
प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाइ, रौतामाइ गाउँपालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का लगाएत रौतामाइ स्वास्थ्य इकाइ शाखाका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त रुपमा अनुगमन गरिएकोछ ।
अनुगमनको क्रममा अक्सिजनको अवस्था, विरामिको लागि तयारी गरिएको कोठा लगाएत ओपिडी कक्षको पनि अनुगमन गर्दै औषधिको प्रयोग विरामिलाइ गर्दा म्याद नाघिएको छ कि छैन त्यसको वारेमा अलि ध्यान पुर्‍याउनुपर्ने स्वास्थ्यकर्मिहरुलाइ प्रजिअ सेढाइले सल्लाह सुझाव दिएकाथिए ।
साथै कोभिड-१९ विरुद्ध रोकथामको निम्ति सन्चालन गरिएको खोपमा ६० वर्ष उमेर नाघेका बृद्ध तथा वृद्धाहरुका लागि मात्र आएकोले त्यो भन्दा कम उमेरका व्यक्तिहरुलाइ खोप नलगाउन र नलगाइदिन खोपका निम्ति खटिएका स्वास्थ्यकर्मिहरुलाइ आग्रह गर्नुको साथै उमेर पुगेका नागरिकहरुले सेवा लिने मौका पुर्ण रुपमा पाउनुपर्ने पनि जानकारी दिनुभएकोछ ।

Last updated:2021 Jun 12 Saturday 15:39:02

प्रतिक्रिया
सम्बन्धित समाचार