भास्कर चौधरी
चौदण्डिगढि जेठ २४
चौदण्डीगढीकामा बंगुर व्यवसायहरुलाई उन्नत जातको बंगुरको विर वितरण गरिएको छ ।नगर पशु शाखाले सोमबार विहान कार्यालय परिसमा २० वटा उन्नत जातको बंगुरको (विर) पाडा वितरण गरिएको हो ।
नश्ल सुधारको लागि स्थानीय बंगुल पालन कृषक समूहलाई २० वटा बंगुरका पाठा विर वितरण गरिएको पालिकाले जनाएको छ ।
पशु सेवा शाखा बेल्टारको आयोजनामा प्रत्येक वडाका २ जना बंगुर पालन कृषक समुहलाई उन्नत जातको बंगुरको विर हस्तान्तरण गरेको शाखाले जनाएको छ ।
व्यवसायको माग अनुसारनै व्यवसायिक रुपमा बंगुर पालान गर्ने सेवाग्राहीहरुलाई फाईदा हुने पालिकाले जनाएको छ ।
सो कार्यक्रममा नगर प्रमुख खेगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, ७ नं. का वडाध्यक्ष तेजराज तिम्सिना लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।