Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गोर्खा वेयलफेर ट्रष्टले ग¥यो बेलकामा सहयोग

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २० २०७८
गोर्खा वेयलफेर ट्रष्टले ग¥यो बेलकामा सहयोग

उपाहार न्यूज
उदयपुर जेठ २०
कोरोना भाइरसको दोस्रो लहर चलिरहेको बेला उदयपुर जिल्ला बेलका नगरपालिकाको नगर अस्पताल र आइसुलेसन सेन्टरलाई गोर्खा वेल्फियर ट्रस्टले स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
बड्दो संक्रमण लाई न्यूनीकरण तथा रोकथाम गर्न सहयोग गर्ने उदेश्यले स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरिएको गोर्खा वेल्फियर ट्रस्टका कार्यलय प्रमुख कृष्णमान गुरुङ्गले बताए।
गोर्खा वेल्फियर ट्रस्टले आधुनिक हातधुने ट्याङ्की, मास्क, हेन्ड सेनिटाइजर, डस्बिन, पिपिई, सफाइकर्मिको लागि जुत्ता, फिनेल, लगायतका स्वास्थ्य सामाग्री नगरपालिका मार्फत हिजो हस्तान्तरण गरेको हो।
कोरोना माहामारी बाट विस्वनै आक्रान्त भएको अवस्थामा बेलका नगरपालिकाका स्थानिय बासिन्दालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गोर्खा वेल्फियर ट्रस्ट लाई बेलका नगर प्रमुख दुर्गा कुमार थापाले धन्यवाद ज्ञापन गर्दा सामाजिक सद्भावको क्षेत्रमा गोर्खा वेल्फियर ट्रस्ट सङ्ग हातेमालो गरेर काम गर्ने बताएका छन।

Last updated:2021 Jun 03 Thursday 06:18:28

प्रतिक्रिया
सम्बन्धित समाचार