Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आमा बनिन् गायिका श्रेया

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ ९ २०७८
आमा बनिन् गायिका श्रेया

नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी भारतीय गायिका श्रेयाघोषाल आमा बनेकी छन् । ३७ बर्षीया गायिकाले शनिबार छोराको जन्म दिएकी हुन् ।  गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् । श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ ।

अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । श्रेयाले गत मार्चमा एक बेबी बम्प तस्बिर सार्वजनिक गर्दै आफ्नो प्रेग्नेन्सीको बारेमा जानकारी दिएकी थिइन् ।
घोषाल र शिलादित्यको बिवाह सन् २०१५ मा भएको थियो । दुबै सानैदेखिका साथी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार