उपाहार न्यूज
उदयपुर बैशाख २६
जनप्रतिनिधिहरुले आफुले चढ्ने सवारी साधन कोरोना विरामीका लागि प्रयोग गर्न दिने देशव्यापी होडबाजी चलिरहदा उदयपुरका एक नगर प्रमुखले भने आफुले पाउने ३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । उदयपुरको कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले ३ महिनाको तलबभत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका हो । श्रेष्ठले नगरपालिकाबाट बैठक भत्ता, भ्रमणलगायत भत्ताबापत आउने ३ महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
दुई दिन अघिबाट कटारी नगरपालिका क्षेत्र पूर्णरुपमा लकडाउन छ नागरिकका समस्यामा थोरै भए पनि सहयोग पुग्ने भन्दै मेयर श्रेष्ठले रकम कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । नगर प्रमुख श्रेष्ठले नगरपालिकामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयासहरू जारी रहेकाले यसमा नगरबासीको सहयोग आवश्यक पर्ने औँल्याए ।
नगरमा गत बुधबारदेखि १ साताका लागि निषेधाज्ञा भइरहेको छ । नगरपालिकाले वडा नम्बर ३ ताराघारीमा आइसोलेसन तयार गरिसकेको छ । त्यहाँ २५ बेडको आइसोलेसन तयार पारिएको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिइन् । त्यसैगरी कटारी अस्पतालमा अक्सिजनसहितको ६ बेडको आइसोलेसन कक्ष व्यवस्थापन गरिएको छ ।