Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लकडाउनपछि पहिलोपटक मेलिना र टम्पशेरको युगल आवाज ‘तिम्रो साथ होस्’ म्यूजिक भिडियोसहित

  • उपहार न्यूज
  • मंगलबार, चैत्र ३ २०७७
लकडाउनपछि पहिलोपटक मेलिना र टम्पशेरको युगल आवाज ‘तिम्रो साथ होस्’ म्यूजिक भिडियोसहित

काठमाडौं, चैत ३ । चर्चित गायीका मेलीना राई र युवा गायक टम्पशेर राईद्धारा स्वरबद्ध गीत ‘तिम्रो साथ होस्’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आयुश बराईली र शुर्वीना कार्कीले अभिनय गरेको म्यूजिक भिडियो सायरा क्रियशन नामक युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो ।

बिभिन्न अकर्षक पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको म्यूजिक भिडियो हालका लोकप्रिय निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । गीतको शब्द र संगीत गायक टम्पशेर स्वयंले गरेका छन् भने आमोस तामाङको एरेन्ज रहेको छ ।

एमबीए फिल्मस्का बुद्ध थापाको छायाङ्कनमा तयार पारिएको म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । रुपेश खड्काको उत्पादनमा भएको सो भिडियो सार्वजनिक भएसँगै बिभिन्न माध्यमबाट सकारात्मक प्रतिक्रिया आइरहेको गायक राईले जानकारी दिए ।

 

Last updated:2021 Mar 16 Tuesday 12:51:33

प्रतिक्रिया
सम्बन्धित समाचार