
उदयपुर, पुस २६ । चर्चित गायक ताराप्रकाश लिम्बू र अनु चौधरीको स्वरबद्ध गीत ‘पागल प्रेमी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार टम्पशेर राईको प्रस्तुतीमा तयार म्यूजिक भिडियोका लागि किङ थुलुङ र निरु बेघाले अभिनय गरेका छन् ।
गीतमा सविन लिम्बूले शब्द लेखेका छन् । सविनकै एरेन्ज र ताराप्रकाश लिम्बूको संगीतमा रहेको छ । राजधानीस्थित अकोस्टिक नेपालको स्टुडीयोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु थारु हुने भने मिक्सीङ र मास्टरिङको कार्य चन्द चौधरीले गरेका छन् । म्यूजिक भिडियोका लागि भने दृष्य छायाङ्कन रामकृष्ण चौलागाईंले गरेका हुन् भने आशिक राईको निर्देशनमा विकास धमलाले सम्पादन गरेका हुन् ।