उदयपुर । जिल्लामै पहिलो पटक निर्माण गरिएको ‘जय हो माघी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी सगरमाथा मिडिया एन्ड इन्टरटिमेन्टको अफिसिएल युट्युब च्यानलवाट सार्वजनिक भएको हो । मलिथम थारु सेवा समाज उदयपुको उत्पादन रहेको सासंस्कृतिक भिडियो निमार्ण भएको हो । थारु समुदायको मौलिक पर्व माघे संक्रन्तीको अवसर पाररे उदयपुर जिल्लाकै पहिलो सास्कृति गितको शव्द तथा संगित भिभास चौधरीको रहेको छ भने स्वर आरसी चौधरी,भिभास चाधरी,विजय चौधरी र चर्चित गायिका अनु चौधरीले दिएकी छिन् ।
भोडियामा मुख्य भूमिकामा कलाकार सविता चौधरी, सवी चौधरी, सम्झना लेखी, आरसी चौधरी, उदयनरायण चौधरी, डिएन खोहरीया थारु, सिमा चौधरी, भिभास चौधरी र विजय चौधरीको अभिनय हेर्न सकिन्छ । भोडियोको निर्देशन जनक चौधरीले गरेका छन् भने छयाङ्कन सुमन तामाङ र कोशि भिजन टिमको रहेको छ । अडियो अरेन्ज गनेश चौधरीले गरेका छन् र अडियो उत्पादनमा उमेश चौधरी र टेकनरायण चौधरीको सहयोग रहेको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सन्जय चौधरीले बताए ।
भिडियो सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश न।१ सभा सदस्य सुनिता चौधरीले यो भिडियोले थारुको मौलिक परमपरा संरक्ष्णमा अहम भुमिका खेल्ने बताउनुभयो । उहाँले उदयपुरमा छयांकन भएको भिडयो धेरै राम्रो भएको र अगामी दिनहरुमा कला,संस्कृति झल्कने खाल्को भिडियोहरु निमार्ण हुनेमा विश्वस्त रहेको वताउनुभयो । कार्यक्रममा वेलका नगरपालिकाका उप प्रमुख राजकुमारी चौधरी,थाकस जिल्ला सभापती शिवकान्त चौधरी,त्रियुगा नगरपालिका वडा नम्वर १३ का अध्यक्ष पशुपती चौधरी,थाकस सास्कृति संयोजक जनक लेखी,थाकस प्रदेश पार्षद विनोद चौधरी,नेपाल थारु पत्रकार उदयपुरका अध्यक्ष सुखिलाल चौधरी लगाएतले गितको प्रंसंसा संगै शुभकामना व्यक्त गरेका थिए । संजय चौधरीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रम संचाकर्मी डिएन चौधरीले संचालन गरेका थिए भने गाईघाटको मेलिना होटलको सभाहलमा कार्यक्रम सम्पन भएको थियो ।