Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नगर विकासमा मधेशी युवाहरुको चासो

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन १७ २०७६
नगर विकासमा मधेशी युवाहरुको चासो

उपहार न्यूज
उदयपुर फागुन १७
त्रियुगा नगरपालिका क्षेत्र भित्र रहेको मधेशी युवाहरुले नगरपालिकाको विकासमा आफुहरुको पनि सहभागीता रहनु पर्ने औल्याएका छन् । गाईघाटमा मधेशी युवा समाजले आयोजना गरेको नगर विकासमा मधेसी युवाहरुको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले विकासमा सहभागीताको माग राखेका हुन् ।
स्थानिय स्तरमा हुने विकास निर्माणका गतिविधिहरु पहुचको आधारमा हुने भन्दै उनीहरुले समावेशी तरिकाले विकास समान हिसाबले हुनु पर्नेमा जोड दिएका छन् । उनीहरुले नगरपालिकाले युवाहरुको लागि ठोस निति र कार्यक्रम तय गर्नका लागि समेत दबाब दिएका छन् ।
कार्यक्रममा मधेशी युवा व्यवसायीहरु सुनिल ठाकुर, राजकुमार शर्मा र विनोद गुप्तालाई सम्मान गरिएको थियो, कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरी, उप प्रमुख देवी चौधरी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । गाईघाट स्थित रामजानकी पार्टी प्यालेसमा आयोजित कार्यक्रमको अध्यक्ष चन्दन शाहले मधेशी युवाहरुलाई भुमिका विहिन बनाईदा आफुहरुको मतको अवमुल्यन हुने गरेकाले यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताए । मधेशी समाज उदयपुरका उपाध्यक्ष राहुल यादवले हरेक क्षेत्रमा मधेशी युवाहरुलाई पछाडि पारिएकाले आगामी दिनमा त्यसो नगर्न संबद्ध सबै पक्षलाई आग्रह गरेका थिए ।

Last updated:2020 Feb 29 Saturday 11:42:36

प्रतिक्रिया
सम्बन्धित समाचार