Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

छ दिने चीन भ्रमणका लागि गृहमन्त्री बेइजिङतर्फ प्रस्थान

  • उपहार न्यूज
  • आइतबार, पुष २० २०७६
छ दिने चीन भ्रमणका लागि गृहमन्त्री बेइजिङतर्फ प्रस्थान

काठमाडौं, पुस २० । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणमा गएका छन्।

थापा छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्।
चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।

भ्रमणको क्रममा चीनका थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।

मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ।
टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्।

चिनियाँ सुरक्षा अधिकारीसँग भेटघाट रहने कार्यक्रम भए पनि भ्रमणमा कुनै पनि सम्झौता नहुने गृह स्रोतले बतायो।
गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

थापाको साथमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जाने भनिएको थियो। तर, मन्त्रिपरिषद बैठकले उनको नाम स्वीकृत गरेको थिएन।

Last updated:2020 Jan 05 Sunday 06:23:48

प्रतिक्रिया
सम्बन्धित समाचार