Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बेलकामा अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

  • उपहार न्यूज
  • सोमबार, भाद्र ८ २०८३
बेलकामा अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर । बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान लगिएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर रहेकी छन्। उनलाई अस्पतालका चिकित्सकले बिहान करिब ११ः४५ बजे मृत घोषणा गरेका थिए। अटोमै सवार अर्की एक महिलाको पनि सोही समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। ती महिलाको नाम, थर, उमेर र ठेगाना भने खुल्न सकेको छैन।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापाको अवस्था गम्भीर रहेको छ। त्यस्तै, मोरङ विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम तथा बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न बस र बस चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नोट ः समाचारमा संलग्न तस्बीर एआईद्धारा निर्मित सांकेतीक तस्बीर हो

Last updated:2026 Aug 24 Monday 07:00:54

प्रतिक्रिया
सम्बन्धित समाचार