Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

  • उपहार न्यूज
  • आइतबार, साउन ३१ २०८३
चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवनको राप्ती नगरपालिका–१, डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।

आज बिहान करिब ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो। घाइते अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ।

Last updated:2026 Aug 16 Sunday 07:35:18

प्रतिक्रिया
सम्बन्धित समाचार