Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह 

  • उपहार न्यूज
  • शनिबार, साउन ३० २०८३
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह 

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताएका छन् । उनले अहिले मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई राष्ट्रिय हितका विषयमा सजग भएर भूमिका निर्वाह गर्न आग्रह गरे । शुक्रबार नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले समाजमा अझै पनि निराशा रहेको उल्लेख गर्दै त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए । उनले कांग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणमा जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे ।  उनले भने, ‘अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील देखिएको छ। यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय अहितका काम रोक्न, सचेत गर्न भूमिका खेल्नुपर्ने हुन्छ ।’ देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्नुपर्ने आवश्यकता रहेको बताए। त्यसका लागि कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ। उनीहरूको निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नाताले नेपाली कांग्रेसले लिनुपर्दछ ।’ कांग्रेस लामो संघर्ष र योगदानबाट स्थापित भएको पार्टी भएकाले यसभित्र उत्पन्न हुने विवादले पार्टीमा मात्रै नभई मुलुकको लोकतान्त्रिक व्यवस्था र राष्ट्रियतामासमेत असर पार्न सक्ने देउवाले बताए । उनले भने, ‘नेपाली कांग्रेस २००७ सालमा संघर्ष गरेदेखि अहिलेको युवा पुस्तासम्म सात पुस्ता संघर्ष गरेको पार्टी हो । यो पार्टीमा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता, लोकतन्त्रमा खतरा हुन्छ ।’ पार्टीभित्र विगतमा पनि गम्भीर विवाद र असहमति देखिए पनि सहमति तथा सहकार्यका माध्यमबाट समाधान निकालिएको उदाहरण रहेको उनले स्मरण गरे । अहिले देखिएका असहमतिलाई पनि त्यही अनुभवका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘धेरै कठिन चरम विवादहरूमा समेत सहमति र सहकार्यबाट मेलमिलाप भएको अनुभव प्रशस्त छ । त्यसैले पार्टीभित्र देखिएका असहमतिलाई सबै साथीहरूको न्याय हुने, सबैको भावनाको कदर हुने गरी बृहत् एकतामा बदल्नुपर्छ ।’ देउवाले पार्टी एकताको प्रक्रियामा कुनै एक व्यक्ति वा समूहलाई केन्द्रमा राख्न नहुने बताए । सबै नेता तथा कार्यकर्ताको भावना र योगदानलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उनको धारणा थियो। उनले भने, ‘त्यसमा कोही पनि व्यक्ति केन्द्रित हुनुहुँदैन। म आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्दछु।’ देउवाले कांग्रेसभित्रको असहमति संवाद, सहमति र सहकार्यबाट समाधान गर्दै पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए

Last updated:2026 Aug 15 Saturday 00:51:45

प्रतिक्रिया
सम्बन्धित समाचार