Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

स्वर्गद्वारीका विभिन्न खोलाको किनारमा ५ जनाको बेवारिसे शव फेला

  • उपहार न्यूज
  • बिहिबार, साउन २८ २०८३
स्वर्गद्वारीका विभिन्न खोलाको किनारमा ५ जनाको बेवारिसे शव फेला

प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ।बिहीबार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न वडास्थित माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२र१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, वडा नम्बर ३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।यसैगरी, वडा नम्बर ४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। वडा नम्बर ५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तलको बायाँ खुट्टा नभएको महिलाको शव तथा सोही क्षेत्रमा अर्की महिलाको शवसमेत फेला परेको प्रहरीले जनाएको छ।फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

सम्पर्क नम्बरस् ९८५७८३७०४९, ९८५७८१५५५५।

Last updated:2026 Aug 13 Thursday 07:16:16

प्रतिक्रिया
सम्बन्धित समाचार