Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

  • उपहार न्यूज
  • बुधबार, साउन २७ २०८३
स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

प्रहरीका अनुसार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल, चिमडी, सुनसरीको बसले सडकको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल निवासी ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालक बर्जु गाउँपालिका–६ निवासी २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Last updated:2026 Aug 12 Wednesday 07:05:31

प्रतिक्रिया
सम्बन्धित समाचार