Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • उपहार न्यूज
  • मंगलबार, साउन २६ २०८३
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक० तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी,बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केहि स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक(दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका तराई भू(भागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

Last updated:2026 Aug 11 Tuesday 01:20:06

प्रतिक्रिया
सम्बन्धित समाचार