Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मानव बेचबिखन तथा जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार धनुषाका प्रतिवादी कतारबाट पक्राउ

  • उपहार न्यूज
  • सोमबार, साउन २५ २०८३
मानव बेचबिखन तथा जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार धनुषाका प्रतिवादी कतारबाट पक्राउ

काठमाडौं — मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

धनुषाको धनौजी गाउँपालिका–५ का मो। ताहिर राईन उक्त कसूरको अनुसन्धानका क्रममा वारदातपछि फरार रहेका थिए। उनी फरार भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखा ९एनसीबी काठमाडौं० को अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो। रेड नोटिस जारी भएपछि उनको अन्तर्राष्ट्रिय खोजतलासलाई थप प्रभावकारी बनाउँदै सम्बन्धित देशका सुरक्षा निकायसँग समन्वय गरिएको थियो।

यसै क्रममा इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको हो। पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको प्रहरीले जनाएको छ।

नेपाल आइपुगेपछि विमानस्थलमा इन्टरपोल शाखा ९एनसीबी काठमाडौं० बाट खटिएको प्रहरी टोलीले राईनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रियस्तरमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न इन्टरपोलको रेड नोटिस तथा सम्बन्धित देशका राष्ट्रिय केन्द्रीय ब्युरो ९एनसीबी० बीचको समन्वय महत्वपूर्ण हुने गरेको छ। राईनको पक्राउ पनि नेपाल प्रहरीको इन्टरपोल शाखा र कतारस्थित एनसीबीबीचको समन्वयबाट सम्भव भएको हो।

Last updated:2026 Aug 10 Monday 10:09:06

प्रतिक्रिया
सम्बन्धित समाचार