Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेपाल लाईफको प्रदेश स्तरीय अभिकर्ता भेला दमकमा सम्पन्न

  • उपहार न्यूज
  • आइतबार, साउन २४ २०८३
नेपाल लाईफको प्रदेश स्तरीय अभिकर्ता भेला दमकमा सम्पन्न

उपहार न्यूज
दमक श्रावण २५
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेशको भेला सम्पन्न भएको छ । झापाको दमक–९ स्थित कनकाई पार्टी प्यालेसमा आईतबार भेला सम्पन्न भएको हो ।
संघका कोशी प्रदेश अध्यक्ष खड्ग ब. दर्नाल (के.बी.) को अध्यक्षता आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकी प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय समिति सचिव श्रीप्रसाद सिटौला, नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय समिति उपाध्यक्ष तेजमणि प्रसाईंलगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा गाईघाट शाखाका अध्यक्ष झनक झिमिरे, दमक शाखा अध्यक्ष नवीन ताम्राकार, सुरुङ्गाका दशरथ खरेल, चन्द्रगढीका बुद्धीराज खरेल, बिर्तामोडका टिकाराम चम्लागाईंलगायत विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता थियो । उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव तेजप्रसाद तिवारीले गरेका थिए ।
भेलाले टिकाराम उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा जनक कोइराला, उपाध्यक्षमा धिरज अग्रवाल र रेनुका उप्रेती, सचिवमा नेत्रप्रसाद प्रसाईं, सहसचिवमा नवीन खरेल तथा कोषाध्यक्षमा विशाल अधिकारी चयन भएका छन् । सदस्यहरूमा कृष्ण ब. वि.क., जीवन ज्योति बज्राचार्य र भगिरथ उप्रेती रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले प्रमुख अतिथि रामकुमार बुढाथोकीबाट शपथ ग्रहण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले बीमा अभिकर्ताहरूको हकहित सुनिश्चित गर्न तथा बीमितले प्राप्त गर्ने बोनसलाई उच्चतम बनाउन संघ सशक्त, एकताबद्ध र निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए ।
उनले कम्पनी व्यवस्थापनले समान हैसियतका अभिकर्तामध्ये कसैलाई काखा र कसैलाई पाखा लगाउने तथा अभिकर्तालाई अपमान गर्ने व्यवहारप्रति आपत्ति जनाए । कम्पनीका कुनै पनि कार्यक्रममा अभिकर्तालाई अपमान गर्ने वा विभेदपूर्ण व्यवहार गर्ने प्रयास भए संघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।
बुढाथोकीले बीमा ऐनमा रहेका अभिकर्ता विरोधी तथा विवादित प्रावधान, संस्थागत अभिकर्ता र कर्पोरेट छुटलगायतका असमान व्यवस्थाहरू तत्काल हटाउन नियामक निकाय तथा राज्यसँग जोडदार माग गरे । यस्ता व्यवस्थाले अभिकर्ता र बीमा क्षेत्रमै असमानता सिर्जना गर्ने भएकाले त्यसको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो ।
त्यसैगरी, श्रावण महिनादेखि अभिकर्तामाथि कर वृद्धि गरिएको विषयमा समेत उनले आपत्ति जनाए । पर्याप्त अध्ययन र छलफल नगरी करको भार अभिकर्तामाथि लादिएको भन्दै उनले उक्त व्यवस्था तत्काल सच्याउन राज्यसँग माग गरे । भेलामा सहभागी अभिकर्ताहरूले पनि आफ्नो पेशागत हकहित, बीमितको हित तथा बीमा क्षेत्रको समग्र सुधारका लागि संघलाई थप प्रभावकारी र क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

Last updated:2026 Aug 09 Sunday 16:43:08

प्रतिक्रिया
सम्बन्धित समाचार