Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

  • उपहार न्यूज
  • आइतबार, साउन २४ २०८३
राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।

Last updated:2026 Aug 09 Sunday 01:42:47

प्रतिक्रिया
सम्बन्धित समाचार