Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बीपी राजमार्गमा हाइस दुर्घटना, दुई गम्भीरसहित चार जना घाइते

  • उपहार न्यूज
  • शनिबार, साउन २३ २०८३
बीपी राजमार्गमा हाइस दुर्घटना, दुई गम्भीरसहित चार जना घाइते

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।मोरङबाट काठमाडौं जाँदै गरेको बा।५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकको नालामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।त्यस्तै, सोही स्थानका २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ।हाइसमा चालकसहित १४ जना सवार थिए। दुर्घटनापछि प्रहरीले हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Last updated:2026 Aug 08 Saturday 10:23:54

प्रतिक्रिया
सम्बन्धित समाचार