काठमाडौं, साउन २१ – लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान लागिएको ५ केजी ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ४३ वर्षीय रेन्कु मेहेन ९च्भलपग ःभजभल० र ३२ वर्षीय मोहम्मद हसनैन ९ःयजबmmबम ज्बकलबष्ल० रहेका छन्।
प्रहरीले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि उनीहरूलाई निगरानीमा राखी जाँच गरेको थियो। प्रारम्भिक जाँचका क्रममा रेन्कु मेहेनले बोकेको सुटकेसभित्र लुकाइराखिएको ५ केजी गाँजा फेला परेको विज्ञप्तिमा उल्लेख छ।अनुसन्धानका क्रममा उक्त गाँजा नेपाल ल्याउन प्रयोग गरिएको ग्ए घड ब्ए ज्ञढठघ नम्बरको भारतीय गाडी धादिङको धुनेबेंसी नगरपालिका क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। गाडीको पछाडिपट्टिको सिटमुनि लुकाइएको थप ५०० ग्राम गाँजा बरामद गरिएको छ।
प्रहरीले घटनामा संलग्न अन्य दुई जना फरार रहेको जनाएको छ। साथै, उक्त गाडी यसअघि पनि दुई पटक नेपाल आएर थाइल्यान्डको गाँजा भारततर्फ लैजाने कार्यमा प्रयोग भएको खुलेको ब्युरोको दाबी छ।घटनाबारे थप अनुसन्धान जारी रहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।