Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा ग्यासको मूल्य तोकिएभन्दा बढी असुल हुँदै आएको गुनासो

  • उपहार न्यूज
  • बिहिबार, साउन २१ २०८३
उदयपुरमा ग्यासको मूल्य तोकिएभन्दा बढी असुल हुँदै आएको गुनासो

उदयपुरमा ग्यासको मूल्य सरकारले तोकेभन्दा बढी लिने गरेको जनगुनासो आएको छ । सरकारले तोकेको २ हजार ६० रुपैँया प्रति सिलिण्डर ग्यासको मूल्य बजारका डिलरहरुले ४० रुपैँया बढी २ हजार १ सयका दरले लिएको गुनासो आएको हो । तोकिएको मूल्यभन्दा बढी लिएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले यसबारे चासो व्यक्त गरेको छ । प्रशासनले बुधबार त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट र जिल्ला उद्योग बाणिज्य संघ गाईघाटलाई पत्राचार गर्दै ग्यास तोकिएको मूल्यभन्दा बढी लिनुको कारण स्पष्ट पार्न भनेको छ ।
निर्धारित मूल्यभन्दा बढीमा बिक्री वितरण भईरहेको भन्ने गुनासो आएको भन्दै प्रशासनले लेखेको पत्रमा सहजीकरण गर्न दुवै संघलाई आग्रह गरेको जनाएको छ । नेपाल आयल निगम बबरमहल काठमाडौँले वितरण भईरहेको १४.२ किलो तौलको एलपी ग्यासको मूल्य २ हजार ६० तोकेको भए पनि बजारमा २ हजार १ सय लिने गरेको भन्द्रै उजुरी परेकाले सहजीकरण गरिदिन हुन अनुरोध छ प्रशासनले लेखेको पत्रमा उल्लेख छ ।
त्रियुगा उद्योग बाणिज्य संघले भने ग्यासको मूल्य बढी लिएको अस्वीकार गरेको छ । संघका वरिष्ट उपाध्यक्ष दिनेश श्रेष्ठले निगमले तोकेको २ हजार ५० रुपैँया मूल्य कम्पनी रहेको स्थानदेखि ५० किलोमिटर दूरीसम्मका लागि मात्र भएको बताए । उनका अनुसार ५० किलोमिटरभन्दा बढी दूरीमा लाग्ने थप ढुवानी रकम जोडेर २ हजार १ सयमा बिक्री वितरण गर्ने गरिएको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

Last updated:2026 Aug 06 Thursday 00:26:36

प्रतिक्रिया
सम्बन्धित समाचार