Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

दाङका वन क्षेत्रबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • उपहार न्यूज
  • बुधबार, साउन २० २०८३
दाङका वन क्षेत्रबाट ५५ नाल भरुवा बन्दुक बरामद

दाङ, जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले साउन १६ देखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका वनहरूमा विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो।

अभियानका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक फेला परेको छ।

बरामद भएका सबै भरुवा बन्दुकका नाल बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

Last updated:2026 Aug 05 Wednesday 07:05:02

प्रतिक्रिया
सम्बन्धित समाचार