Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

काठमाडौंमा ३२९.०५ ग्राम हेरोइनसहित चार जना पक्राउ, नगद र विभिन्न सामग्री बरामद

  • उपहार न्यूज
  • मंगलबार, साउन १९ २०८३
काठमाडौंमा ३२९.०५ ग्राम हेरोइनसहित चार जना पक्राउ, नगद र विभिन्न सामग्री बरामद

काठमाडौं, वैशाख २९ — काठमाडौं महानगरपालिका–१, नागपोखरीस्थित एक घरबाट लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर ३२९.०५ ग्राम हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मिति २०८३ वैशाख २८ गते अपराह्न करिब ५:०० बजे प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले प्रभात तिवारीको घरको कोठा तथा बा ७ च ५१५० नम्बरको सवारी साधनमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ३२९.०५ ग्राम हेरोइनजस्तो देखिने पदार्थ, २२९ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम तथा नगद रु. १,९८,३२५ बरामद भएको प्रहरीले जनाएको छ। साथै ३ थान ल्यापटप, १ थान तराजु, १ थान सञ्चार सेट, १ थान एल्युमिनियम पेपर रोल र ४ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका–४ का ५१ वर्षीय रोशन श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ बल्खुका ५७ वर्षीय भूपेन्द्र श्रेष्ठ तथा हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका–६ घर भएका ४० वर्षीय सुजन रायमाझी पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Last updated:2026 Aug 04 Tuesday 11:27:34

प्रतिक्रिया
सम्बन्धित समाचार