उपहार न्यूज
उदयपुर माघ ३
२८६२ सोनाम ल्होछारको अबसर पारेर उदयपुरमा ल्होछार फुड फेस्टिवल सुरु भएको छ । नेपाल तामाङ घेदुृङ उदयपुर र तामाङ पत्रकार संघ प्रदेश समितिको संयुक्त आयोजनामा फुड फेस्टिवल सुरु भएको हो । फेस्टिवलको एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नु भएको छ । तामाङ जातीहरुको भाषा, धर्म संस्कृतिको जगेर्ना गर्दै तामाङ परिकारहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको फेस्टिवल १० दिन सम्म संचालन हुने छ । फेस्टिवलमा विभिन्न जातजातीहरुको खानाका परिकार, सास्कृतिक झाकी सहित प्रत्येक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सास्कृतिक प्रस्तुती दिईने आयोजक नेपाल तामाङ घेदुङ उदयपुरका अध्यक्ष फडिन्द्र तामाङले जानकारी दिनु भयो ।
शनिबार उद्घाटनशत्र अघि तामाङ जातीको डम्फु सहितको झाकी साथै नेवार, राई, दनुवार जातीका विभिन्न झाकी सहित नगर परिक्रमा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन शत्रलाई त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, चौदण्डिगढी नगरपालिका प्रमुख कालुमान लामा, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईले संवोधन गर्दै स्थानिय सरकार सम्पूर्ण जातजातीको संस्कृतिक संरक्षण र प्रबद्र्धनको लागि परेको बताउनु भयो ।
कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेकपा एमालेका सहसचिव गंगा राई, पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्का, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, फोनिज केन्द्रिय उपाध्यक्ष तथा तामाङ पत्रकार संघका केन्द्रिय सल्लाहकार विश्वराज तामाङ, सुनचादी व्यवसायी संघका प्रदेश अध्यक्ष रमेश रसाईली, झिगु नेवा पुचका प्रतिनिधि गोपाल श्रेष्ठ, त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वृखबहादुर तामाङ लगायतकाले शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन नेपाल तामाङ घेदुङ उदयपुरका सचिव उपेन्द्र तामाङ र स्वागत तामाङ पत्रकार संघ प्रदेश अध्यक्ष अमित तामाङले गर्नु भएको थियो ।