उपहार न्यूज
उदयपुर मंसीर १३
जिल्ला अस्पताल उदयपुरले उत्कृष्ट सेवा प्रदान गर्ने दुई जना कर्मचारीलाई पुरस्कृत गरेको छ । शनिबार जिल्ला अस्पताल उदयपुरमा आयोजित प्रसुती गृह भवन उद्घाटनको क्रममा अस्पताल व्यवस्थापनले दुई जना उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा महिला तर्फ स्टाफ नर्स निर्मलाकुमारी पाण्डे र पुरुष तर्फ कमप्युटर अपरेटर रोजिन थापा रहेका छन् ।
उत्कृष्ट कार्य सम्पादनको आधारमा जिल्ला अस्पतालका कर्मचारीहरुको आन्तरिक मतदानबाट कर्मचारीहरु पुरस्कृत गरिएको जिल्ला अस्पताल उदयपुरका प्रशासन शाखा प्रमुख भगवती खतिवडाले जानकारी दिनु भयो । पुरस्कृत हुने कर्मचारीहरुलाई स्वास्थ्य मन्त्री भुपेन्द्र राई उपसभामुख सिर्जना दनुवार जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतका अतिथिहरुले प्रशंसापत्र र दोसल्ला सहित सम्मान गर्नु भएको थियो ।