Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

महेशले ल्याए गाईघाट बजारमा (गीत सहित)

  • उपहार न्यूज
  • सोमबार, असोज ६ २०८२
महेशले ल्याए गाईघाट बजारमा (गीत सहित)

उपहार न्यूज
उदयपुर असोज ६
रहर, इच्छा र चाहानालाई मार्न सकिन्दैन ढिलै भए पनि पुरा गर्नु पर्छ भन्ने मान्यताका साथ संगीत प्रति रुची राख्ने उदयपुर गाईघाटका महेश वाग्लेले गाईघाट बजारमा बोलको गीत ल्याएका छन् । पेशाले निजामती कर्मचारी उनी जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका लेखा शाखा प्रमुख हुन् । करिब एक दशक देखि हार्मोनियममा दैनिक घरमै अभ्यास गर्दै आएका वाग्लेले सोमबार गाईघाट बजारमा गीत ल्याएका हुन् । उदयपुरकै अग्रज कलाकार शैलेन्द्र खतिवडाको शब्द संगीत रहेको गीतलाई पूर्वाञ्चल रेकर्डिङ स्टुडियोले प्राविधिक कार्य सम्पन्न गरेको हो । आफ्नो सानै देखिको रहर पुरा गरेको बताउदै वाग्लेले आगामी दिनमा अन्य गीतहरु पनि पस्कदै जाने बताएका छन् ।

Last updated:2025 Sep 22 Monday 11:32:59

प्रतिक्रिया
सम्बन्धित समाचार