उपहार न्यूज
उदयपुर भाद्र ३०
जिल्ला प्रशासन कार्यालय उदयपुरले भाद्र २३ गतेबाट जेएनजी आन्दोलनको क्रममा उदयपुृरमा पनि सरकारी कार्यालय, संगठित संघ संस्था, राजनैतिक दल, व्यक्तिका घर र निकायमा भएको क्षतीको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । जिल्ला प्रशासन उदयपुरले घटना संग सम्बन्धित प्रमाणहरु सहित प्रशासनमा पेश गर्नका लागि सम्बन्धित पक्षहरुलाई आग्रह गरेको छ ।
जेएनजी आन्दोलनको क्रममा भाद्र २४ गते जिल्ला प्रशासन कार्यालय सहित आधा दर्जन सरकारी कार्यालय, त्रियुगा नगरपालिकाको कार्यालय, त्रियुगया नगरपालिकाको नवनिर्मित भवन तोडफोड गरेका थिए । प्रदर्शनकारीहरुले त्रियुगा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय पूर्णरुपमा आगजनी गरेका थिए । यता कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, पूर्व नगरप्रमुख बलदेव चौधरी, उपप्रमुख महेश्वरी राई, वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइरालाको घरमा तोडफोड र आगजनी गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस उदयपुर, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकिकृत समाजवादीको कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए । यता सामाजिक अभियनता नजबुल खानको मोटरसाईकल रेडक्रस सभापती सम्भु पौडेलको चौदण्डिगढी नगरपालिका ७ बेल्टारमा रहेको घरमा समेत तोडफोड गरेका थिए । आन्दोलनकारीले गाईघाट स्थित शिल गरिएको गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर तोडफोड गरी त्यहाँ भएका सामाग्रीहरु समेत लुटपाट गरेका थिए । उक्त घटनामा संलग्नहरुलाई कानुनी कारवाहिको दायरामा ल्याउनको लागि आवश्यक प्रक्रिया समेत सुरु गरीने गाईघाटमा सोमबार आयोजित सर्वपक्षिय भेलाले निर्णय समेत गरेको छ ।