उपहार न्यूज
उदयपुर भाद्र २९
जेएन्जी आन्दोलनको क्रममा भाद्र २३ गतेको घटनामा दिवंगत भएकाहरु प्रति गहिरो समवेदना प्रकट गरिएको छ । आईतबार त्रियुगा नगरपालिकामा आन्दोलनकारीबाट व्यक्तिगत सम्पती माथि क्षतीपुगेको बिषयमा जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा अध्यक्ष सुमन्त कोइरालाले पत्रकारहरु माझ दिवंगतहरु प्रति गहिरो समवेदना प्रकट गर्नु भएको हो ।
उहाँहरुले जेएनजी पुस्ताले उठाएका माग प्रति आफुहरु पनि सहमत रहेको वताउदै आन्दोलनको क्रममा अकल्पनीय दुर्घटना हुन पुगेको प्रति गहिरो दुःख समेत व्यक्त गर्नु भयो ।
यता उदयपुरमा भाद्र २४ गते जेएन्जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोड प्रति घटनाका पिडितहरुले दुःख व्यक्त गरेका छन् । २४ गतेको आन्दोलनको क्रममा आफुहरुको व्यक्तिगत सम्पती माथि भएको तोडफोड र आगजनी प्रति कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र त्रिनपा ११ का वडाअध्यक्ष सुमन्त कोइरालाले दुःख व्यक्त गर्नु भएको छ ।
आईतबार दिउसो त्रियुगा नगरपालिकामा पत्रकारहरु संग कुरा गर्दै उपसभामुख सिर्जना दनुवारले उपसभामुख हुन पूर्वनै आफुले दुःख गरेर कमाएको रकम, खेत वेचेको र बैंकबाट ऋण लिएर बनाएको घरमा क्षती पु¥याइएकोमा दुःख व्यक्त गर्नु भयो ।
त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले आफ्नो बाबु बाजेले दुःख गरेर कमाएको सम्पतीबाट बनाएको घर, उपप्रमुख महेश्वरी राईले ३० बर्ष अघिनै पैत्रीक सम्पतीबाट बनाएको घर, पूर्व नगरप्रमुख बलदेव चौधरी र वडा अध्यक्ष सुमन्त कोइरालाले समेत आफ्नो पैत्रीक सम्पतीबाट बनाएको घर तोडफोड र आगजनी हुदाँ दुःख व्यक्त गर्नु भएको छ । कुनै पनि किसिमको भ्रष्टचार र अनियमितता भए आफुहरु जस्तो सुकै कारवाहि भोग्न पनि तयार छौ तर आन्दोलनको क्रममा भिडलाई उत्तेजित बनाउने, भिड भड्काउने कार्यमा संलग्न र तोडफोड र आगजनीमा संलग्नहरुलाई कानुनी कारवाहिको दायरामा ल्याउनु पर्ने पिडितहरुको भनाई रहेको छ ।