उपहार न्यूज
उदयपुर भाद्र ८
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले नेपाली महिलाहरुको चाडको रुपमा रहेको हरितालिका तीजको अबसर पारेर उदयपुरका महिला पत्रकारहरुलाई सम्मान गरेको छ । महासंघ उदयपुरको आफ्नै कार्यालय परिसरमा आयोजित कार्याक्रममा नेपाल पत्रकार महासंघ उदयपुर शाखामा आबद्ध रहेका दुई दर्जन बढि महिला पत्रकारहरुलाई महासंघले सम्मान गरेको हो ।
लामो समय देखि स्थानिय संचारगृहमा कार्यरत रहेर पत्रकारितालाई निरन्तरता दिएको भन्दै महासंघले साधरण सदस्य महिला पत्रकारहरुलाई सम्मानि गरेको हो । सम्मानित महिला पत्रकारहरुलाई कोशी प्रदेश सभाका उपसभामुख तथा कार्यक्रमका प्रमुख अतिथि सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राई, इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राई लगायतले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो । पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिर्जना दनुवारले महिलाहरुको महान पर्व तिजलाई विशेषगरी महिला पत्रकारहरु सम्मान गर्दै आयोजना गरेको पति खुसी व्यक्त गर्नु भयो । उहाँले तीजलाई विगतका दिनहरुमा पिडा र विलौना गाउने पर्वको रुपमा लिदै आए पनि पछिल्लो समय महिला सशक्तिकरणको अभियानको रुपमा अघि बढेको भन्दै महासंघको कदम प्रति प्रशंसा गर्नु भयो । उहाँले देशको जिम्मेबार पत्रकारिता क्षेत्र रहेकाले पत्रकारिता क्षेत्र मर्यादित भएर सहि र सत्य सूचना नागरिक माझ पु¥याउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले पत्रकारिता क्षेत्र प्रति आम नागरिकहरुको आशा र भरोसा भएकाले समाजलाई सहि गति दिनको लागि पत्रकारिता क्षेत्रले आफ्नो भुमिकालाई निश्पक्ष, तथष्ट बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले तीज धार्मिक आस्था, सामाजिक न्याय र रुपान्तरणको पर्वको रुपमा विकास हुदै गएकाले यसलाई सोहि रुपमा मनाउनको आग्रह गर्नु भयो । उहाँले नेपाल पत्रकार महासंघ संगको साझेदारी र समन्वयमा अन्य विभिन्न कार्यक्रमहरुलाई त्रियुगा नगरपालिकाले सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राईले तीजलाई एउटा पर्वको रुपमा मात्रै नभएर यसलाई महिलाहरुको क्षमता, नेतृत्व विकासको पर्वको रुपमा विकास गर्नका लागि बहस र छलफलहरु गर्नु पर्ने अबस्था रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख राईले तीज मनाउने आयामहरु फरक हुदै गएकाले यसलाई महिला सशक्तिकरणको पाटो तर्फ पनि केन्द्रित गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा गैसस महासंघका केन्द्रिय सदस्य सिर्जना पौडेल, पत्रकार महासंघका केन्द्रिय पार्षद तथा प्रेस युनियनका कोशी प्रदेश उपाध्यक्ष जयन्तीकला तामाङ, महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका अध्यक्ष बन्दना दनुवार, संचारिका समुहका अध्यक्ष गंगा राईले समेत शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघले कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई र कार्यक्रममा सहयोग पु¥याउने त्रियुगा उद्योग वाणिज्य संघका द्धितृय उपाध्यक्ष तथा रौता पानीका संचालक पर्शुराम चौधरीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष रेणु पराजुलीले स्वागत तथा सह सचिव रन्जु दनुवारले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम त्रियुगा नगरपालिका जनता संग उपमेयर कार्यक्रमको सहयोग, त्रियुगा मिडिया ग्रुप र रौतामाई पब्लीकेशनको सहकार्यमा सम्पन्न भएको हो ।
