उपहार न्यूज
उदयपुर श्रावण ५
उदयपुरमा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ । नेपाली कांग्रेस निकट लोकतन्त्रदावी खेलकर्मीहरुको संगठनको रुपमा रहेको लोकतान्त्रिक खेलकुद संघको पहिलो अधिवेशनबाट आनन्ददेव चौधरीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अनिल सिवा, विवस मगर रहेका छन् । सचिवमा बिवेक काफ्ले, कोषाध्यक्षमा रिचेश चौधरी सदस्यहरुमा सुवोध बस्नेत, प्रकाश कार्की, सिर्जना चौधरी, सुनिल परियार, रविन विक र सुसान्त खड्का रहेको नेपाली कांग्रेसका प्रदेश सदस्य सुमन परियारले जानकारी दिनु भयो । संघको प्रथम अधिवेशनमा लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सल्लाहकार किशोर राई र अधिवेशन प्रतिनिधि दिनेस राईको समेत उपस्तिथी रहेको थियो । संघको यस अघिनै उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले क्यान उदयपुरका अध्यक्ष एलबिन बस्नेतलाई क्षेत्रीय अध्यक्षमा चयन गरेको थियो ।