Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीको बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र दिगो पूर्वाधार विकासमा जोड

  • उपहार न्यूज
  • मंगलबार, असार १० २०८२
ताप्लीको बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र दिगो पूर्वाधार विकासमा जोड

उपहार न्यूज
रुपाटार असार १०
उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औ गाउँ सभा मार्फत गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ४१ करोड ७३ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्मा र गाउँपालिका उपाध्यक्ष धन माया मगरबाट सार्वजनिक निति, बजेट तथा कार्यक्रमले गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार र दिगो पूर्वाधार विकासलाई उच्च प्राथमिक्ताको साथ बजेट प्रस्तुत गरिएको जनाएको छ ।
ताप्ली गाउँपालिकाको आफ्नै सभा हलमा आयोजित गाउँ सभामा सहभागी गाउँ सभा सदस्यहरुले बजेटलाई सर्वसहमत रुपमा पारित गरेका हुन ।

Last updated:2025 Jun 24 Tuesday 16:41:26

प्रतिक्रिया
सम्बन्धित समाचार