Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आधारभुत पत्रकारिता सम्बन्धि ५ दिने तालिम सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, असार ९ २०८२
आधारभुत पत्रकारिता सम्बन्धि ५ दिने तालिम सम्पन्न

उपहार न्यूज
उदयपुर असार ९
गाईघाटमा आयोजित ५ दिने आधारभुत पत्रकारिता तालिम आईतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहजीकरण व्यवस्थापन, घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग विकास समिति उदयपुरको समन्वयमा ५ दिन देखि संचालित तालिम सम्पन्न भएको हो । ५ दिन सम्म संचालित तालिममा जिल्लाभरका ३१ जनाले सहभागीता जनाएका थिए ।
संचार क्षेत्रमा उद्यमशिलताको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालिममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ र पत्रकार भोटराज राईले ५ दिन सम्म सहजीकरण गर्नु भएको थियो । ५ दिन सम्म संचालित तालिममा पत्रकारिताको आधारभुत शिप, समाचार लेखन, अन्तरवर्ताका विधि र शैली, पत्रकार अचासंहिता लगायतको बिषयमा प्रशिक्षण गरिएको प्रशिक्षक भोटराज राईले जानकारी दिनु भयो ।
तालिमको समापनमा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल महासंघका पूर्वअध्यक्षहरु इश्वर तामाङ, महेश्वर चाम्लिङ, कुशलबाबु बस्नेत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका बरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधान लगायतले सभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सहभागी अतिथिहरुले पत्रकारिता तालिमको शिप र ज्ञानलाई व्यवहारमा समेत उतार्दै समाज रुपान्तरणको लागि योग्दान पु¥याउनको लागि समेत आग्रह गर्नु भएको थियो ।
पत्रकार महासंघका पूर्वअध्यक्ष इश्वर तामाङ, महेश्वर चामलिङ र कुशलबाबु बस्नेतल आफ्ना अनुभवहरु समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै तालिम संयोजक तथा पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङले तालिम पश्चान व्यवसायीक रुपमा पत्रकारिता लाग्न चाहनेहरुको लागि स्थानिय संचार माध्यमहरुमा प्रशिक्षार्थी पत्रकारको रुपमा काम गर्न महासंघले सहजीकरण गर्ने बताउनु भयो । महासंघ सदस्य शंकर रिखाम मगरको समेत उपस्तिथी रहेको कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव तुलसी प्रसाद कोइरालाले गर्नु भएको थियो ।

Last updated:2025 Jun 23 Monday 15:27:52

प्रतिक्रिया
सम्बन्धित समाचार