उपहार न्यूज
उदयपुर असार ८
उदयपुरको तीन स्थानिय तह एक साथ शोकमा डुबेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाले आईतबार शोक विदा सार्वजनिक गरेको छ । त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिकाको नगर गान रचियता खिलनाथ घिमिरेको निधन भएको शोकमा विदा दिएको हो । त्यसैगरी रौतामाई गाउपालिकाले गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष होम बहादुर दाहालको निधन भए पछि दाहाल प्रति सम्मान व्यक्त गर्दै शोक विदा दिएको हो । ताप्ली गाउँपालिकाले ताप्ली गाउँपालिका वडा नम्बर ३ निवासी गाउँ सभा सभा सदस्य छविलाल जर्घा मगरको निधन भएकाले आईतबार शोक विदा दिएको हो ।