Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढीले आर्थिक बर्ष २०८२/०८३ लाई भौतिक पूर्वाधार विकास बर्षको रुपमा अघि बढाउने ः मेयर लामा

  • उपहार न्यूज
  • आइतबार, असार १ २०८२
चौदण्डिगढीले आर्थिक बर्ष २०८२/०८३ लाई भौतिक पूर्वाधार विकास बर्षको रुपमा अघि बढाउने ः मेयर लामा

उपहार न्यूज
उदयपुर असार १
चौदण्डिगढी नगरपालिका उदयपुरले आगामी आर्थिक बर्ष २०८२/०८३ लाई भौतिक पूर्वाधार विकास बर्षको रुपमा पालिकालाई विकास गर्ने भएको छ । पालिकाले पूर्वाधार विकास तर्फका विभिन्न योजना अन्तर्गत पालिका भरी आ.ब २०८२/०८३ मा ५० किलोमिटर सडकलाई स्तरउन्नती गरेर अघि बढाउने लक्ष्य राखेको बताएको छ । आईतबार चौदण्डिगढी नगरपालिका वडा नम्बर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र आमसालमा आयोजित आ.ब २०८१/०८२ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधन गर्नु हुदै नगर प्रमुख लामाले यस्तो बताउनु भएको हो । नगरपालिकाले यस पटक जनस्तर सम्मै पुगेर छलफल गरेर माग र आवश्यक्ताको आधारमा बजेट ल्याउन लागिएको बताउदै जनस्तरलाई छुने किसिमको बजेट ल्याउन लागिएको बताउनु भयो । उहाँले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा ५ किलोमिटरको दरले सडक ग्राभेल गरेर पिच बराबरको सडक १२ महिनाने संचालन हुने गरी निर्माण गरिने बताउनु भयो । नगर प्रमुख लामालो प्रत्येक वडामा मुल बाटो, शाखा बाटो, उपशाखा बाटो ग्र्राभेल, कल्र्भट तयारी गर्ने योजना रहेको बताउनु भयो । नगर प्रमुख लामाले नगरमा शिक्षाको स्तर समेत माथि उठेको बताउदै स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले सर्पदंश उपचार सुरुवात गरेको बताउनु भयो । पछिल्लो समय नगर अस्पतालमा सर्पदंशका ३०÷३२ जनाको उपचार गरि सकिएको बताउनु भयो । नगर प्रमुख लामाले नगर क्षेत्रका महिलाहरु सुत्केरी हुदाँ निःशुल्क एम्बुलेन्स र स्वास्थय सेवा तथा असाहय विपन्न परिवारलाई समेत स्वास्थ्यको पहुचमा पु¥याउने किसिमको कार्यक्रमहरु नगरपालिकाले अघि सारेको बताउनु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले नापी भएका जग्गाहरुको डेढ बर्ष भित्रमा लालपुर्जा वितरण गर्ने कुनै कानुनी तथा प्राविधिक कारणले गर्दा रोकिन पुगे भोगाधिकार पूर्जा बनाएर वितरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । उहाँले उज्यालो चौदण्डिगढी अन्तर्गत सव स्टेशन निर्माण गर्नका लागि जग्गा खरिद गरी कार्य अघि बढेकाले चौदण्डिगढी नगरपालिकालाई समृद्ध र सुखी नगरबासी बनाउने लक्ष्य राखिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजीमन राईले नागरिकहरुबाट कार्यक्रममा उठेका कार्य सम्पादन सम्बन्धी बिषयमा आफ्ना धारणा राख्नु भएको थियो । उहाँले कर्मचारी प्रशासन नागरिकहरु प्रति उत्तरदायी भएर सहज र सरल तरिकाले सेवा दिनका लागि परेको बताउनु भयो । कार्यक्रममा स्थानिय नागरिकहरुले नगरपालिकाले सेवा प्रवाह, स्थानिय विकास, विभिन्न क्षेत्रका समस्याहरुको बिषयमा जिज्ञासा र सुझाब राखेका थिए ।
कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष पर्शुराम राईले समेत नागरिक स्तरबाट उठेका विभिन्न प्रश्नहरुको उत्तर दिदै कार्यक्रममा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा सहजीकरण त्रियुगा मिडियाका सहजकर्ता विश्वराज तामाङ र देवराज राईले गर्नु भएको थियो । कार्यक्रममा चौदण्डिगढी नगरपालिका उदयपुर उपप्रमुख मणिकादेवी दुलाल, वडा नम्बर १ का अध्यक्ष सिताराम राई, वडा नम्बर २ का अध्यक्ष धर्मराज खड्का, वडा नम्बर ३ का अध्यक्ष पर्शुराम राई, वडा नम्बर ६ का अध्यक्ष अम्बर बहादुर खड्का, कार्यपालिका सदस्य, नगर सभा सदस्य, अन्य जनप्रतिनिधि, विभिन्न बिषयगत शाखाका प्रमुख, कर्मचारी, स्थानिय सुरक्षा निकायका प्रमुख लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक बबिन राईले नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालयबाट शान्ति सुरक्षाको क्षेत्रमा भैरहेको गतिविधि लागुऔषधि दुव्र्यसनी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, अपराधिक क्रियाकलाप नियन्त्रणमा भैहरेको प्रयासहरुको बिषयमा प्रस्तुती राख्नु भएको थियो ।

Last updated:2025 Jun 15 Sunday 16:12:32

प्रतिक्रिया
सम्बन्धित समाचार