उपहार न्यूज
उदयपुर जेठ ९
उदयपुरका रहेका आठ स्थानिय तह मध्य चौदण्डिगढी नगरपालिकाले पहिलो पटक आफ्नो मध्यावधि समिक्षा सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार चौदण्डिगढी नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले मध्यावधि प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।
२०७९ बैशाख ३० गते जनप्रतिनिधि निर्वाचित भए संगै नगरपालिकामा पछिल्लो तीन आर्थिक बर्षमा संचालित बजेट, निति तथा कार्यक्रमबाट प्राप्त उपलब्धी र सम्पन्न गरेका मुख्य मुख्य वुदाहरु सहितको मध्यावधि प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।
चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जनताको जनजिविका संग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु तीन आर्थिक बर्षको बजेट तथा कार्यक्रमबाट ल्यार्ईएको बताउनु भयो । नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० देखि आर्थिक बर्ष २०८१/०८२ को फागुन महिना सम्म गरिएका कार्यक्रहरुको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । नगरपालिकाले आफ्नै बजेटबाट १३.७८ किलोमिटर सडक कालोपत्रे चालु आर्थिक बर्षको असार मसान्त सम्ममा ६ किलोमिटर थप कालोपत्रे गर्ने जनाएको छ । चौदण्डिगढी नगरपालिका क्षेत्रका ३४.१ किलोमिटर सडक ग्राभेल, २०।३ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको जनाएको छ ।
नगरपालिकाले यस हाल सम्म १११.२१ किलोमिटर सडक मर्मत, २०० मिटर सडक ढलान, ४.९१ किलोमिटर सडक नाली निर्माण, ५ वटा ट्रस पुल, ६ वटा पक्की पुल, २ वटा झोलुङे पुल निर्माण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाको विभिन्न स्थानमा १७ वटा आरसिसि कल्र्भट, ५२ सय वर्गमिटर सडकमा इन्टरलक इटा विच्छ्याउने काम, नारद आदर्श माविमा २ तले, मावि आमसालमा १ तले, जाल्पा माविमा १ चले र जनकल्याण मावि हात्तिसारमा १ तले भवन निर्माण, वडा नम्बर ४ मा र ९ मा स्वास्थ्य चौकी भवन निर्माण, वडा नम्बर ४ र ५ मा कवर्डहल, नारदमुनी सभा हल, थुलुङ राई मामा भवन समेत निर्माण गरेको जनाएको छ । यता १५ शैयाको नगर अस्पताल निर्माणधिन अबस्थामा रहेको, वडा नम्बर २, ४ र ६ मा वडा भवन, वडा नम्बर ६ र १० को वडा कार्याल्यको दोस्रो तल्ला थप लगायतका भौतिक पूर्वाधारका कामहरु पालिकाले हाल सम्म संचालन गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । पालिकाले भौतिक पूर्वाधारको विकास संगै विषयगत शाखा अन्तर्गतका विभिन्न शाखाहरुले हाल सम्म संम्पन्न गरेका कार्यक्रम प्रगति समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यक्रममा चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष तथा प्रवक्ता प्रकास राउतले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलालले स्वागत मनतव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, विभिन्न वडाका वडाअध्यक्षहरु, नगर कार्यपालिका सदस्य लगायतको उपस्तिथी रहेको थियो ।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, खेलकुद, उद्यम, सहकारी, रोजगार, भुमि सेवा, मनोविमर्श, राजश्व, पशु, सामी परियोजना, न्यायीक समिति, साना सिचाई, विपद व्यवस्थापन, आर्थिक प्रशासन, बहुक्षेत्रीय पोषण लगायतको क्षेत्रमा सम्पन्न गरेका कार्यक्रमको बिषयगत प्रगति र हासिल गरेका उपलब्धीहरु प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कालुमान लामाले नगरपालिकाले अब दुई आर्थिक बर्षको बजेट मार्फत नगरपालिका क्षेत्रमा गर्नु पर्ने अधुरा विकासका योजनाहरुलाई पुरा गर्ने तर्फ आफुहरुको लक्ष्य रहेको बताउनु भयो ।