उपहार न्यूज
उदयपुर चैत २२
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ३० औ स्थापना दिवशको अबसरमा त्रियुगा नगरपालिका २ खैजनपुरमा १ दिने पशुपालन व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । सहारा नेपालको ३० औ बर्षको स्थापना दिवशको अबसरमा आयोजित कार्यक्रममा २५ जना शेयर सदस्यको उपस्थितिमा त्रिपुरेश्वर सहारा महिला समूह समूह नं १३७ अध्यक्ष जुन्ति खुलाल कार्कीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।
तालिमको सहजीकरण सहारा नेपाल साकोसका पशु प्राबिधिक मौसम श्रेष्ठले प्रदान गर्नु भएको थियो कार्यक्रमको सहजिकरण सेवा केन्द्र प्रमुख बिदुरप्रसाद रेग्मी र फिल्ड मेनेजर साजन कुमार राईले गर्नुभएको थियो ।