उपहार न्यूज
कटारी चैत २१
उदयपुरको कटारी नगरपालिका ४ मुसहरी टोल स्थित मदन भण्डारी राजमार्गमा बिहिबार दिउसो सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशा बाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी साईकल यात्री जिल्ला सिन्धुली दुधौली नगरपालिका ५ घारीथुम्सी बस्ने वर्ष ७१ को अमर बहादुर सुनुवार गम्भीर घाइते भएका थिए । सुनुवारलाई कटारी अस्पतालमा ल्याएर उपचारको क्रममा बिहिबारनै मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । दुर्घटनामा नै परी घाइते भएका मोटरसाइकल चालक कटारी नगरपालिका ६ गेरुवा बस्ने वर्ष २३ को अनन्त मगर र सोही मोटरसाईकल पछाडी सवार १ जनाको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।