Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

के ओलीले भेट्लान् त थाइल्यान्डमा मोदीलाई ?

  • उपहार न्यूज
  • मंगलबार, चैत्र १८ २०८१
के ओलीले भेट्लान् त थाइल्यान्डमा मोदीलाई ?

उपहार न्यूज
चैत १९,
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा नरेन्द्र मोदीसँग भेटघाट गर्ने, तर थाइल्यान्डमा दुई प्रधानमन्त्रीबिच भेटघाटको सम्भावना नरहेको बताइएको छ ।
चैत २१ गते देखि थाइल्यान्डको राजधानी बैंककमा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि समिटमा भाग लिन नेपाल तथा भारतका प्रधानमन्त्री जाँदैछन् । प्रधानमन्त्री अ‍ोली र भारतीय प्रधानमन्त्री मोदीबिच त्यहाँ भेटघाट हुने तयारीमा प्रधानमन्त्री कार्यालय जुटेको थियो
तर भारतका प्रधानमन्त्री मोदीले भेटघाटमा रुचि नदेखाएका स्रोतले जनाएको छ ।
चैत १९ गते थाइल्यान्ड जाने प्रधानमन्त्री ओलीले मोदीसँग भेटघाटका लागि प्रयास भइरहेको बताइएको छ । तर अहिलेसम्म भेटघाटको कुनै टुंगो नलागेको परराष्ट्र मन्त्रालय जनाएको छ ।

अ‍ोली र मोदीबिच अहिले सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल भ्रमणका लागि निम्ता दिए पनि उनी आएका छैनन् । उनी नआएका मात्र हैनन्, ओलीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छैनन् ।

 

Last updated:2025 Apr 01 Tuesday 00:44:56

प्रतिक्रिया
सम्बन्धित समाचार