Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिक र अपांगता भएकालाई सम्मान

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक २२ २०८१
त्रियुगा नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिक र अपांगता भएकालाई सम्मान
Exif_JPEG_420

उपहार न्यूज
जोगीदह कात्तिक २२
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ नम्बर वडा कार्यालयले वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार वडा भित्रका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सामाग्री सहित सम्मान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो । त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राईको उपस्तिथीमा ३३ जना जेष्ठ नागरिक र ७० जना अपांगता भएका व्यक्तिहरुलाई लत्ताकपडा तथा सुपानेट झुल सहित सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । विगत बर्षमा पनि लक्षीत वर्ग कार्यक्रम अन्तर्गत वडाले यस किसिमको कार्यक्रम संचालन गरेको र आगामी बर्षलाई समेत निरन्तरता दिने वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

Last updated:2024 Nov 07 Thursday 11:09:31

प्रतिक्रिया
सम्बन्धित समाचार