Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सरकार सयदिनमा भ्रष्टाचारी बचाउनमात्रै केन्द्रितः प्रचण्ड

  • उपहार न्यूज
  • बुधबार, कार्तिक ७ २०८१
सरकार सयदिनमा भ्रष्टाचारी बचाउनमात्रै केन्द्रितः प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
बुधबार बिहानभएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्षदाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएकाहुन् ।
उनले भने, ‘सरकारको सयदिनपुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमात्यसलाई नै पुष्टि गर्ने काम गरेको छ । विपक्षीदलहरुले मात्रै होइन, नागरिक समाजकाअगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममामात्रै केन्द्रितभएको स्पष्ट हुन्छ ।’
उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दाविद्युतप्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्यप्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गादानलिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइथियो ।
सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममाध्यानदिनआग्रहगर्दै पाँचविपक्षीदलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।
त्यस्तै, उनले अब आफ्नो पार्टीले सरकारका गलतक्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामीकात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वयप्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए ।
उनले पार्टीको पक्षमादेशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रहगरे ।

Last updated:2024 Oct 23 Wednesday 06:13:12

प्रतिक्रिया
सम्बन्धित समाचार