Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गाईघाटमा ७ दिने पत्रकारिता तालीम सुरु

  • उपहार न्यूज
  • सोमबार, असार ४ २०८१
गाईघाटमा ७ दिने पत्रकारिता तालीम सुरु

सौरभ मगर
गाईघाट असार ३
उदयपुरको सदरमुकाम गाईघाटमा सात दिने पत्रकारिता तथा लेखन सीप सम्बन्धि तालिम आजबाट सुरु भएको छ । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालय र घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान ू भन्ने नाराका साथ सुरु भएको तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रशिक्षण दिनु भएको छ ।
कार्यक्रमको उद्घाटन शत्रमा कार्यक्रमका अध्यक्षता गर्नु भएका घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख नगरेन्द्र पराजुली, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का , सचिव बिश्वराज तामाङ , प्रेस चौतारीका अध्यक्ष पुरुषोत्तम सापकोटा , प्रेस सेन्टरमा अध्यक्ष सुपराज राई , क्रान्तिकारी प्रेस संगठनका संयोजक निशान कटवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । ७ दिन सम्म संचालन हुने तालिममा आधारभुत पत्रकारिता, समाचार लेखन शिप, मोवाईल जर्नालिजम लगायतको प्रशिक्षण गराईने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो ।

Last updated:2024 Jun 17 Monday 11:58:40

प्रतिक्रिया
सम्बन्धित समाचार