उपहार न्यूज
उदयपुर बैशाख ११
उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर २ मा आईतबार भएको आगालागीबाट पूर्णरुपमा घर नष्ट भएका चार परिवारलाई वल्ड भिजन र जाल्पा एकिकृत विकास समाजलले खाद्य तथा गैर खाद्य सामाग्री हस्ताणतरन गरेको छ ।
ताप्ली गाउँपालिका वडा नम्बर २ नारीमालाका स्थानिय अबिर बहादुर मगर, उक्तर बहादुर मगर, जिवन मगर र सुजन मगरको घर जंगलबाट आएको आगो घरमा सलक्दा घर पूर्ण रुपमा क्षती भएको थियो । बुधबार वल्ड भिजन तथा जाल्पा एकिकृत विकास समाजले उपलब्ध गराएको राहत सामाग्री ताप्ली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष छत्र बहादुर श्रेष्ठ र स्थानिय विद्यालयका प्रअ किशोरी राईले खाद्य तथा गैर खाद्य सामाग्री हस्ताणतरन गर्नु भएको हो ।
पिडितहरुलाई चामल, दाल, नुन, तेल, सोयाविन, चिनि, त्रियपाल, ब्ल्यागकेट, झुल र डोरी वितरण गरिएको जाल्पा एकिकृत विकास समाजका स्थानिय प्रतिनिधि सरोज हमालले जानकारी दिनु भयो ।