Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका कवि जीवन आरोहीलाई राष्ट्रपतिबाट सर्वोत्कृष्ट पुरस्कार

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २२ २०८०
उदयपुरका कवि जीवन आरोहीलाई राष्ट्रपतिबाट सर्वोत्कृष्ट पुरस्कार

उदयपुर, भदौ २२ । 
उदयपुरका युवा कवि जीवन आरोही राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८० का लागि उत्कृष्ट १० भित्र पर्न सफल आरोहीलाई सितलनिवासमा आयोजित विशेष समारोहकाबीच पुरस्कृत गरिएको हो ।

गत असार ९ गते आयोजित राष्ट्रिष कविता महोत्सवमा कवि आरोहीद्धारा लिखित ‘प्रश्नहरुको विज्ञप्ति’ शीर्षकको कविता सर्वोत्कृष्ट १० मध्ये छनोट भएको थियो । उनीसँगै उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपाकरुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा ! मुई गोठ नाइँ झान्या हुँ) दार्चुला लगायतका कविहरु पनि पुरस्कृत भए ।

त्यस्तै टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी (भेरी ः अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र) काठमाडौं पनि राष्ट्रपतिबाट पुरस्कार पाउने सूचीमा अटाएका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपाली साहित्यिक क्षेत्रको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राखेका थिए । स्रष्ठाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरी मौलिक रचना सिर्जना गर्नुपर्नेमा मन्त्री किरातीले जोड दिएका थिए । साहित्यमार्फत देशको मौलिकतालाई विश्वमाझ प्रस्तुत गर्ने माध्यमका रुपमा काम गर्न साहित्यकारहरुलाई उनको आग्रह थियो ।

उदयपुरको रसुवा स्थायी घर भएका युवा कवि आरोहीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा प्रदेश तथा जिल्लास्तरका साहित्यिक प्रतियोगिताहरुको उपाधि हाँसिल गरिसकेका छन् । शिक्षणलाई मुख्य पेशा बनाएका आरोहीले फुर्सदिला समय साहित्यमा खर्चिदै आएका छन् ।

Last updated:2023 Sep 08 Friday 08:45:35

प्रतिक्रिया
सम्बन्धित समाचार