उपहार न्यूज
उदयपुर असार १६
चर्चित गायक ताराबीर पाण्डेको स्वरमा शेरे बदनाम छ गीत तथा म्यूजिक भिडियो शुक्रबारबाट बजारमा सार्वजनिक भएको छ । डिजिटल प्ल्याट फर्म ओएसआर डिजिटल युट्ब च्यानल मार्फत शुक्रबार अपारन्ह दिउसो ४ बजे शेरे बदनाम सार्वजनिक गरिएको हो ।
टम्पशेर राईको रचना तथा संगीत रहेको शेरे बदनाममा टम्पशेर राई र टिकटक स्टार मिस पविको मुख्य भुमिका देख्न सकिन्छ । सुब्रत आचार्यको मुख्य निर्देशन रहेको गीत यमन इन्टरटेमेण्टको प्रस्तुत आएको हो । गीतलाई एरेन्ज बुद्ध स्याङतानले गरेका छन् । यस अघि पनि विभिन्न समसामायीक बिषयहरुमा गीत तथा म्यूजिक भिडियो ल्याई सकेका युवा पुस्ताका गायक तथा संगीतकारद्धय ताराबीर पाण्डे र टम्पशेर राईको यो पहिलो संयुक्त प्रयास हो । पाण्डे र राई दुवै जना रेडियो पत्रकारिता हुदै गायन तथा संगीत क्षेत्रमा उदायका हुन् । आगाम दिनमा पनि दर्शक स्रोताहरुको माग बमोजिमको गीत तथा म्यूजिक भिडियोहरु ल्याउने उपहार संगको संवादमा गायक ताराबीर पाण्डेले बताएका छन् ।